सरोज धिताल – रातो घाम
मध्याह्नको घाममा
धपक्क बलेकी नवयौवना
तिमीलाई पाएं
रमाएं ।
उषाको मधुरो लालीमा
शैशव मिलन झन् कस्तो हुंदो हो ?
उमेरसंगै
गहिरिंदै छन् जतिजति
रेखाहरू गालामा
मुस्कानका
मेटिंदै छ तिर्खा
उषाको लालीको
प्रेममा
उत्तिकै सुन्दर हुंदोरहेछ
रातो घाम
उषाको होस्
या सन्ध्याको ।
२००३