भद्रकुमारी घले – नारीको आँसु
आँसुमा तैंले हाँस्नु छ नारी
दुःखमा तैंले बाँच्नु छ नारी
जन्मदै छोरीलाई अपहेलित गरिने
पक्षपात र पाखण्डीपनमा छोरी हुर्कने
बडो कठिन छ छोरीले लडी बढ्ने
छोरीको जन्म नै सहने र सहिरहने ।
यस्तै प्रकारले हुर्की बाँच्छे नारी ।
दाजुभाइको जूठोपुरोले पेट भर्ने
घरभरिको काम कार्य छोरीले गर्ने
आमाबाबुले नै भेदभाव र पक्षपात गर्ने
छोरीको अधिकार जन्मस्थलमा नै हर्ने ।
यस्तै प्रकारले विवाह गर्छे नारी ।
प्रत्येक कदममा पराया धन हो भन्ने
जति सक्छ शासन, शोषण जन्मघरमै गर्ने
आमाबाबु नै प्रथम शत्रु छोरीको बन्ने
कसरी नारी वर्ग विकसित भै बढ्ने ?
यस्तै प्रकारले सहिरहन्छे नारी ।
अपहेलित, पक्षपात प्रताडनाको मारमा
जन्मदेखि मरणसम्म सहन्छे छोरी घरमा
यस्तै स्थितिमा पनि मुस्कान ल्याई घरमा
आमा बनी ममता चुसाउने नारीले तनमा ।
यस्तै प्रकारले सेवा गर्छे नारी ।
माइतीमा दाजुभाइको शासन
विवाह भएपछि ससुराको शोषण
लोग्नेले सम्झने वासनाकेा फेसन
जन्मदेखि मरणसम्म छोरीलाई चुस्छन् ।
यस्तै प्रकारले मर्छे नारी ।
पुरुष शासित समाजले नारीलाई मिचेको
माइतीको शासनले छोरीलाई थिचेको
ससुरालीमा झन् बुहारी भई थिचिएकी
लोग्नेको स्वास्नीझैं चित्तले डढेकी ।
यस्तै प्रकारले भष्म हुन्छे नारी ।
बैंसठ्ठी वर्षपछिको हिमपात
बैंसठ्ठी वर्षपछि काठमाडौंमा हिमपात परेको छ
हिरा मोति भएर राष्ट्रभरि झरेको छ ।
साभार: जनमत कविता खण्ड १ २०६४