Tanka Subba – Bartaman Paristhiti Ko Ramite Hami

टंक सुब्बा – वर्तमान परिस्थितीको रमीते हामी

हामी रमीते मात्र भएकाछौ
वर्तमान परिस्थितीको
किनकी हाम्रै आँखाको सामुन्ने
भयानक घट्नाहरु
श्रृङखलावद्घ घटीरहेकाछन्
दर्दानक दृश्यहरु
चरणवद्घ देखिरहेकाछौ
यिनै यथार्थ दृश्यहरु
दोहोर्याउँदै /तेहर्याउँदै
हामी हेर्न विवश भएकाछौ
जहाँ निहत्था मान्छेहरु वेकसुर
लुटिन्छन्
भुटिन्छन्
थिचिन्छन्
किचिन्छन्
यी सबै सबै क्षणहरु
हामीले भाग्दै आएकाछौँ
जहाँ छलपूर्ण खेलहरु खेलेर
हाम्रा सुनौला सपनाहरु खोसी दिन्छन्
जस्ले हाम्रो जीवन
नारकीय पलहरु भोग्न विवश भएको छ
मान्छेहरु मान्छे कै विरुद्धमा उभेपछि
मान्छेहरु प्रकृतिको विरुद्धमा जुटेपछि
अन्त्यहिन अघोषित युद्घ निम्त्याएकाछन्
जहाँ युद्घ लड्नेहरु लडिरहेकाछन्
जित्नेहरु जिति रहेकाछन्
हार्नेहरु हारीरहेकाछन्
यो विमेलको कुम्भमेलामा
हारगुहार चल्दैन
आपसी सहयोग र सद्भाव हुदैन
मात्र मान्छेहरुले
मान्छेहरु कै हुर्मत लिने गर्छन्
सत्ता र शक्तिको उन्मादमा
मानवताको कुरा गर्छन्
हत्याहिँसाको विरोध जनाउँछन्
तर विडम्वना हत्याको श्रृङखला
उनीहरुले नै रचेका हुन्छन्
जव मान्छेहरु हत्या हिँसाको प्रतिरोधमा उभ्छन्
तव आफ्नो कालो कर्तुत लुकाउँन
आश्वासनका विज्ञाप्तिहरु छापीन्छन्
पर्चा पम्प्लेटहरु बाडिन्छन्
औपचारिकताको लागि
सहानुभूतिका शब्दहरु ओकलिन्छन्
तर मौकाको फाईदा उठाउँन
उनीहरु कहिल्यै पछि पर्दैनन्
यसरी उनीहरुको सामु हाम्रो उपस्थिति
फन्दामा फसेको निरिह सिकार भएको छ
किनकी हाम्रा आवाजहरुलाई
बाध्यताले वाधी दिएकाछन्
त्यसैले हामी निःशब्द भएकाछौ
किनकी हाम्रै आँखाको सामुन्ने
यस्ता अनेकौ भयानक घट्नाहरु
श्रृङखलावद्घ घटीरहेकाछन्
दर्दानक दृश्यहरु
चरणवद्घ पदार्पण भैरहेकाछन्
यिनै यथार्थ दृश्यहरु
दोहोर्याउँदै /तेहर्याउँदै
हामी हेर्न विवश भएकाछौ
जहाँ निहत्था मान्छेहरु वेकसुर
लुटिन्छन्
भुटिन्छन्
थिचिन्छन्
किचिन्छन्
तर उनीहरु आवाजहरुलाई सुनिदिने
कोही हुदैनन्
त्यसैले हामी रमीते मात्र भएकाछौ
वर्तमान परिस्थितीको