कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा-नाति
एक-एक गरी
फौजका सब पुराना जर्सी सिद्धिए ।
तर जतनसाथ बचाइराखेको
फौजी जीवनका दुइटा प्रिय चिन्ह
एउटा पुरानो डिजाइनको ठुलो-गोलो जेबघडी
छातीमा झुन्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लाएर
माछा मार्ने निहूँले
बुढेसकालमा लामा
र दिक्दारे दिन बिताउने
एउटा पेन्सिनवाला बूढो लाहुरेझैंँ
रानी पोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिरहेछ घण्टाघर ।
जे जसरी पायो थपघट गरेर बिगारेर कपिराईटबाट बच्न खोजिएको हो?? वाहियात! स्वादै बिग्रियो…
The poem is full and as is. If you really see any difference or lack of something, let us know. Would be glad to correct. But from what we know, that is the full poem.