Govinda Singh Rawat – Manchhe

अरुको सहयोग पाउन्जेल निहुरिने
सक्षम भएपछि पन्छिने
अनि आफ्नो विचारको बाणले
सहयोगीलाई नै प्रहार गर्ने
स्वार्थको पर्यायवाची हो मान्छे

आफ्नो विचारको आरती गर्दै
अरुको बद्ख्वाइँ गरी हिँड्ने
अनि गुदि शुन्य सुकेनास खडेरी परेको
आफ्नै बडप्पनको महाभारत रच्ने
पराजित मन:स्थीतिको पर्यायवाची हो मान्छे

आफ्नो तारिफमा काइदा कानूनको ठेली सुनाउँदै हिँड्ने
अरुकोलागी रुञ्चे अभिब्यक्ती मात्र अलाप्ने
रोगी तर्कहरूको खेती गर्दै
आफ्नै स्वार्थको बाली भित्र्याउने
मपाइँत्वको पर्यायवाची हो मान्छे

कहिल्यै राम्रो विचारको राजपथ बनाउन खोज्दैन मान्छे
विचार शुन्य अहँता डकार्नु बाहेक
कहिल्यै सहयोगीलाई सम्झन खोज्दैन मान्छे
आफ्नै स्वार्थको सगरमाथा चढ्नु बाहेक
छल, कपट्, धोकधारिको पर्यायवाची हो मान्छे
यो सानो-छोटो-अल्प र लघु जीवनमा पनि
आफ्नै ब्याख्यान व्रितान्त सुनाउँदै हिँड्छ मान्छे
भोलि माट्टिनु पर्ने यथार्थता बुझेर पनि
जबर्जस्ति निरँकुशताको विचार थोपर्न खोज्छ मान्छे
मान्छे आफ्नै रोजाईमा, आफ्नै सोचाईमा
पिलन्धरे जीवन जिउन बाध्य छ मान्छे