Niroj – Atripta Man Pokhina Banki Canvas Ma

निरोज – अतृप्त मन पोखिन बांकी क्यानभासमा

आ-आफ्नो हातमा
एक एक थान कुची र ब्रश लिएर
उभिएका थियौ हामी पनि
रित्तो विलकुल नांगो क्यानभासमा ।

फगत् शब्दहरु निकाल्यौ
सायद ति बोलीहरु हुनसक्छन्
तर कुनै आकार दिएनौ ति शब्दहरुलाई
र छोपेनौ पनि नांगो क्यानभासलाई
हाम्रा आफ्नै शब्दहरुले
ति नरम नरम बोलीहरुले
एकोहोरो गिजोलीरह्यौँ
हाम्रा कामुक आँखाहरुले
क्यानभासका ति लजालु अंगहरुलाई।

थाहा छ तिमीलाई
क्यानभासमा चित्र बनाउन
अंग-अंग बनाईरहनु पर्दैन
फगत छोपी दिनु पर्छ र अंगहरुले
ति क्यानभासका नांगो अंगहरुलाई
ता की नलजाओस त्यो क्यानभास
खुलोस उद्दिप्त बलोस क्यानभास
अनि पो खुल्छन क्यानभासमा आकृतिहरु ।

तिमीले सपनामा तिमीलाई लिन आउने
राजकुमारको कथा मिसाएर र अंगमा
पोत्न सक्थ्यौ र सुरु गर्न सक्थ्यौ
कुनै एक छेउबाट क्यानभासको
मैले त्यो परिको कथा
मिसाएर र अंगहरुमा पोत्न सक्थ्ये
कुनै अर्को छेउबाट
जसले सँधै सपनामा मलाई
आफ्नो नांगो स्तन देखाउँछे
फराकिलो जाँघ देखाउँछे
र वशं निरन्तरताको लािग
हार्दिक निमन्त्रणा गर्छे ।
हामीले हाम्रा दिनहरु तन्काउन सक्दैनौ
हामीले हाम्रो जीवन अरु लम्याउँन सक्दैनौ
आउ अब विलम्ब नगरौ
बिस्तारै डुबाउँ ति ब्रश र कुचीहरु
जहाँ हामीले हाम्रो यौवनका
धुप र धुवाँहरुका भर्भराउँदो आँगो
चाहाना र सपनाहरुका र अंगहरुमा मिसाएका छौ
र पोतौ रित्तो क्यानभास भरी
पोत्दै गरौ क्यानभास नछोपीदासम्म
एउटा शिखर उक्लेर नझर्दा सम्म
आज यो प्रणय दिवसमा
तिमीले मलाई हेर्दै क्यानभासमा पोत र प्रेमी बनाउ
म तिमीलाई हेर्दै क्यानभासमा पोत्छु र प्रेमीका बनाउँछु ।

देउराली ३, नवलपरासी