ए साँइला दाइ
म तिमीलाई भन्दैछु
हो तिमीलाई
यी धानका बालाहरु
बहेली खेल्दा
तिमी आलीमा बसेर
मन किन फुलाउँछौ
किन देख्छौ
भकारीका सपनाहरु
हो यो तिम्रै पसिनाको बीज हो
होइन भनेको छैन मैले
यो तिम्रै पाखुरीको उपज हो
पाखुरी बिर्सेको होइन मैलै ।
तिमीले
रगत पसिना गरेको यही अन्न
अरुकै माना पाथी हुँदै
भकारी टन्न हुन्छ
खै तिमीले के पायौ
कहिल्यै आफ्नो पसिना
आफैले भर्न पायौ
दुई पाइला राख्न
तिमीले कति जमिन पायौ
फेरि पनि किन पोख्छौ
किन बगाउँछौ रगत
खानको लागि भन्छौ भने
तिम्रा लालाबाला
अधकल्चो पेट लिएर
आलोकाँचो निद्रा सुत्छ
बाँच्नका लागि भन्छौ भने
तिम्रो हर समय मृत्युको हुन्छ ।
पसिनाले त
गौरव बढाउनुपर्ने हो,
रगतले त
जीवन सिच्नुपर्ने हो,
तर यहाँ
तिम्रा पसिनामािथ
ठगी खेल हुन्छ
तिम्रा रगतमािथ
जालझेल हुन्छ ।
ए साँइला दाइ
कति बस्छौ अन्धकारमा
कति जिउँछौ बन्दी जीवन
यदि तिमी
खुल्ला आकाश कल्पन्छौ भने
न्याय खोज्छौ र समानता रोज्छौ भने
बन्द गर रगत-पसिना लुटाउन
उठाऊ तिम्रा कोदाली
भत्काऊ सामन्ती पर्खालहरु
तिमीजस्तै हजारौ साँइला दाइको
इतिहास लेख्न
ढलाऊ मान्छेका नामका सालिकहरु
जलाऊ रगत चुस्ने रितीहरु
अन्यथा तिमीलाई
इतिहासले धिक्कार्नेछ
किनकी त्यतिखेर
तिम्रो इतिहास उल्टँउने सिवाय
दोहोर्याउने कोही हुने छैनन्
हेर त तिम्रा सन्तानहरु
शीरमा कात्रो बाँधी
स्वर्णिम इतिहास लेख्न
अघि बढी सकेका छन् ।
धादिङ्ग, हाल काठमाडौं
Pls Editor,
Kedar Shrestha ra Kedar Shrestha’Gagan’ le Lekheka Poem haru eakai Sath paer6a alag garidinu hola . Dui janako lekh autaiko namama rakhidinu bhaya6a .
Kedar Shrestha’Gagan’