Sarubhakta – Surakchhit Awataran

आकाशका आँखाहरुले
आदम ब्रीजको खोजी
गर्दा नगर्दै
मैले आफैलाई खोजे
जिन्दगीको डुवानयुक्त वेवआइटहरुमा
उफ् ! साइवर क्याफेहरु
वम आक्रमण विध्वस्त छन्
म सुनौलीका नाकाभरि छारेरोगका
मुठभेडहरु पो भोग्दैछु
सुरक्षा अपरेशन–कस्ले कस्का विरुद्धमा ?
म हिमचितुवाहरुको देशमा मलसाप्राहरु पो देख्दैछु
ग्राण्ड डिजाइन–सर्वत्र कफ्र्यू छ
त्यसैले चोरहरु ढुक्कैले चोर्न व्यस्त छन्
सुरक्षित अवतरण–सुरक्षाहरुकै विरुद्धमा
म अवशोषित आवृत्तिहरुमा ठिंगुराका
पूmलहरु पो फुल्दैछु
अक्षरहरुको एक्स रे
मनका कटानमा वेपत्ता छन्
सुकुमारी हिमालहरु
ए ! खोरेतयुगीन पशुविश्वमा अवाक् छन्
मान्छेका अनिच्छित् गर्भधारणहरु
लकेटयुद्ध–कथित भगवानहरुको
म मान्छेहरुको निरीह जुलुसमा
सामेल छु
आह ! यो देशमा एक राजा मारिदा
उनको घाटीमा लकेट थियो
वाँझो धर्ती ः अनिकालहरुले गरिरहेछन्
जलहीन कू
यसर्थ कुन निर्लज्जतामा
निर्वस्त्र महिलाहरु हलो जोत्न
अभिशप्त छन् ?