Rabindra Nath Thakur – Prahar Gara [From Geetanjali]

प्रहार गर

मेरो यही भावना छ : ईश्वर ! प्रहार गर, प्रहार गर, मेरो दिनताको
मुलमाथि मेरो ह्दय प्रहार गर !
शक्ति देऊ, म सुख–दुःखका चोट समानरुपले सहन सकूँ !
शक्ति देऊ, म मेरो प्रेम सेवामा पुष्पित पार्न सकूँ !
शक्ति देऊ, म दुवैलाई स्वीकार गरुँ अति निष्ठुर अस्तित्वको अगाडि
कहिले शिर ननिहुराउँ !
शक्ति देऊ, म सधैंका सानातिना संघर्षले आफ्नो मनलाई कोमल नपारुँ !
शक्ति देऊ, म तिम्रा आज्ञाको अघि आफ्नो अस्तित्वलाई प्रेमपूर्वक
समर्पित गर्न सकूँ !