Yatri Shekhar – Hamro Biwasta

यात्री शेखर – हाम्रो बिवशता

सन्त्रास्त वातावरण
पिडीत र जलित मन
चाहना होइन
बाध्यताले किचेपछि
आवश्यकता पनि अर्थहिन भइदिदो रहेछ।
बद्नामीका खोलहरु
हामी ओढीरहेका छौ
तर, हाम्रो चाहना
त्यो आढ्नु थिएन
दुर्वल भएपछि
मौनतामै सहनु पर्दो रहेछ।
आजका खवरहरु
छ्यास् छ्यास्ती अखबारहरुमा
जाहा तँही जता ततै
कोचिन थालेपछि
उड्यो हाम्रो इज्जत पनि
ज्यान दिदा नी नरहने रहेछ।
हामी ताजा खबर भएका छौ
बाढीको उर्लदो छाल
छोटा लामा गन्तव्यहीन तरंग झै छौं
कसेले नरुचाएको काल
विवेक आफै गुमाए पछि
व्यथा आफै चर्कदो रहेछ।
भ्यावह खेपिरहे छौं
सबैबाट हेपिइरहेछौं
चाहदैनौ हामी
तर, बाधयतावस
आजका हामी
जर्जरतापुर्ण वातावरण खेपिरहेछौं।