जबसम्म तिमी र म क्रीडा गरिरह्यौँ, मैले तिम्रो नाउँ–गाउँ सोधिनँ,
तिमीसँग मलाई लाज थिएन, भय पनि थिएन,
तिम्रो–मेरो जीवन हर्ष–उल्लासको तरंगमा बगिरहेको थियो !
सूर्योदयको वेलामा तिमीले मलाई कतिचोटि आह्वान गरेर
बिउँझायौ,
तथा आफूसँग खेल्न लग्यौ । हाँस्दै–खेल्दै हामी जंगल–पहाडमा घुम्यौँ
।
त्यस वेला मैले कहिले पनि तिम्रो गीतको अर्थ बुझ्ने चिन्ता गरिनँ !
केवल तिम्रो स्वरमा स्वर मिलाएर म पनि सुसेल्थेँ ।
मेरो ह्दय विलक्षण हर्षले हर्षित भएर नाच्न थाल्यो ।
अब, त्यो खेल सकिएपछि अनायास यो के देखिरहेछु :
आकाश स्तब्ध छ,सूर्य–चन्द्र निःसब्द छन्, सारा संसार, तारागणले
पूर्णद्युलोक तिम्रो चरणमा निहुरिएको छ !