Taranath Sharma – 2065 Ko Shubhagaman

थोत्रो बूढो बितेको असफल ननिको वर्षले राष्ट्र भाँड्यो
मैला च्याङ्ला पुराना रिसघिनफुटका रोग सर्वत्र बाँड्यो

देशै टुक्र्याउने जो सरल जनमा सर्पको खेल चम्क्यो
पृथ्वी नै छट्पटायो र समयसँग मिली लौ नयाँ साल झुल्क्यो
नेपाली एकताको हृदय दह्रिलो पार्न यो साल पाओस्
सारा पाखण्ड फाँड्दै अब त मुलुकमा दिव्यदृष्टि उदाओस्

पैँसट्ठी साल राम्रो अतिशय रसिलो आशको ज्योति छर्छ
सारा हाम्रा गलेका तन र मनमा प्राणसञ्चार गर्छ