Rajab – Yo Nagarma Beg

मसँग
यो चरम नगर छ
यसको उत्पात विकासमा
गुमेको मानिसको यातना छ
आँखामा दया नभएका
मानिसहरूका गति छन्
होडबाजीमा गलेका
नशाखोर महत्वाकाङ्क्षाहरू छन्
दैलो नदेखेका
बेपर्वाह जीवनहरू छन्
समाचारमाथि चढेका
अखबारहरू छन्
मुनाफाप्रेरित सड्ढल्पका
उग्र व्यावसायिक जालहरू छन्
पुँजीका लीला र विभेदका
जमिनआकाश छन्
तैपनि यो नगरमा आकर्षण छ
बिलाउन यहाँ मानिसहरू प्रवेश गरिरहेछन्