Rajab – Kurukshetra Ma Hom Chha

जीवनको अर्थ
मर्नु भन्ने पाठ हुन्छ कुरुक्षेत्रमा
जीवन
कुरुक्षेत्रको लागि तयार भएपछि
मृत्युको लागि प्रस्थान गराउँछन्
शासकहरू
कुरुक्षेत्रको लागि
जन्मने र
कुरुक्षेत्रको लागि मर्ने मानिसहरूको इतिहास
बनिरहेछ अविरल
मांसहारको लागि
महिनाँ ैपालरे
तयार पारिएका
खसी, बोका, राँगा, बगुंरहरूझैं पालेर
जवानहरूलाई कुरुक्षेत्रको बलिमा हिँडाइन्छ
सीमा सीमामा
बसेका शासकहरू
कुरुक्षेत्रमा
आ–आफ्ना जवानहरूको
युद्ध–कौशल
मृत्युवरण र
असंख्य घाउहरू र रगतको आहाल हेरेर
मस्त रहन्छन्
अहिलेसम्म
जवानहरूले
कुरुक्षेत्रबाट
फ् हक, फ् आहार,
फ् स्वतन्त्रता
पाएका छैनन्
तथापि अनन्तदेखि
कुरुक्षेत्रमा छन् जवानहरू
शासनमा टिक्न
खोज्ने जल्लादहरूको
हवनमा
चाक्ला छाती भएका
बलिष्ठ भुजाका
स्वप्नील जवानहरू
समिधा बनिरहेछन्
एउटा
दुईटा दुष्टको
सत्ता–प्राप्तिमा
कुरुक्षेत्रमा कोटी कोटी
मृत्युको महोत्सव चलिरहेछ
लासहरू
रगतका कुण्डहरू
आर्तहरू
वियोगीहरू
भुत्ते हतियारहरू र
क्रूर–दम्भबाहेक
मानिसले प्राप्त गर्नुपर्ने
केही पनि फर्कन्नन् कुरुक्षेत्रबाट
तथापि कुरुक्षेत्रमा होम छ