शिर्षक:- बासुरी-बादक
कवि:- मार्सेल मानसिहं मुर्मु
वरिपरि व्यस्तताको लहर छ भनौ जमात कहल छ,
पथ दुवै तिर अनेकको रहर छ मानौ सट्टापट्टा महल छ,
कोहीमा दैनिकीको कहर छ सोचौं दुवै पट्टी त्यो अमल छ,
त्यही जिवनी दर्पण माझ नचाहेको बासुरी बजिरहेको छ।
त्यो बासुरी वादक अाफुलाई नजिकै कानहरुमा पुर्याउदै छ,
उसको धुन जतिनै बेसूरी मानौ बाध्यता बिच त्यो बज्दै छ,
उसको सर्वस्व एक झोलामा पोको पारी धुन साट्दै छ,
त्यो उसको जित मान या हार निपुणतामा भर परेको छ।
कसैले उसलाई छेवैमा उभिएर देखिने भिकारी भनेको छ,
तर अचम्म उ सँग त सर्वस्वसहित अाफ्नो काध बलियो छ,
कसैले उसलाई परबाट एकलो मानि लिएको देखिन्छ,
तर साच्चै नै उ सँग अति घनिष्ट धुन दिने साथीको साथ छ।
यसरी श्रम किनबेचको जिवन बिच ‘म’ अरुमा ब्यस्त छ,
वास्तवमा त्यो बासुरी-बादक उत्कृष्टता पस्कनु खोज्दैछ,
अाफु निपुण भएको क्षेत्रलाई सृंगारी संसारलाई केही दिदैंछ,
यो ‘म’ नि अाफ्नो निपुणता चिनेर संसारलाई केही दिन्छ ।