Droupada Bhattarai – Sura (Raksi) Ko Mahima

द्रौपदा भट्टराई – सुरा(रक्सी)काे महिमा

सुरा तिमी कत्ति मायाकी खानी छ्याै ,
धनिलाई पनि त्यत्ति नै माया दिन सक्ने,
अनि गरीबलाई पनि त्यत्ति नै काया दिन सक्ने
अनि तिमी कत्ति चमत्कारी छ्याै,
कहिले त्यहि मन मस्तिष्कलाई प्रगाढ माया र प्रेमले पगालि दिन्छ्याै ,
कहिले त्यसैलाई सहारा मरूभूमि झैं उजाडी दिन्छ्याै
कहिले त्यहि मस्तिष्कलाई तिमी गायक बनाइदिन्छ्याै ,
कहिले तिमी त्यसैलाई अधिनायक बनाई दिन्छ्याै
अनि तिमी कत्ति शक्तिशाली छ्याै,
हरिपलाई पनि अमीर बनाइदिन सक्छ्याै,
तिमीले चाह्याै भने अमीरलाई हरिप बनाइदिन सक्छ्याै
तिमीले धेरै माया गर्दा ,
सडककाे पेटीपनि ताताे सिरक र डसना बन्न सक्छ,
तिम्रो धेरै मायाँ पाउँदा ,गन्हाउने ढल पनि मीठाे बास्ना बन्न सक्छ
तिमीले चाह्याैभने आफ्नी प्रिय पत्नीलाई गल्लीकाे कुकुर बनाइदिन सक्छ्याै ,
तिमीले साेच्यैा भने पेटीकी कुत्तालाई आफ्नी प्रियसी बनाइदिन सक्छ्याै
त्यसैले त सुरा तिम्राे महिमा ,ईश्वरकाे लीला भन्दा पनि अपरम्पार छ,
आजभोली त साँच्चै तिम्राे ,जताततै चमत्कारै चमत्कार छ,
आजभोली त साँच्चै तिम्राे जताततै चमत्कारै चमत्कार छ
आजभोली त तिम्राे माया नपाउँनेहरु साना र तुच्छ हुन्छन् रे ,
आजभोली त तिम्राे छेउमा नजानेहरु गँवार र पाखे हुन्छन् रे
अनि तिमी कत्ति प्रभावशाली छ्याै,
चिन्ताग्रस्त मनलाई चिन्तारहित बनाइदिन सक्छ्याै रे,
अनि तिमी कत्तिशक्तिशाली छ्याै ,
पाषाण हृदयलाई पनि,
चैत बैसाखमा बिरह ब्यथा पाेख्ने काेइली झैं भाव विह्वल बनाइदिन सक्छ्याै रे
आजभोली त तिम्राे माया पाउने ठूला बडाहरु अझै बाठा र टाठा हुन्छन् रे,
तिम्राे माया पाएर अस्मिता लुटिएका ,
विवशताभित्र बाँधिएका चेलीबेटी पनि पवित्र र चाेखा नै हुन्छन् रे
त्यसैले त तिम्राे महिमा अपरम्पार छ,
(आजभोली त साँच्चै तिम्राे जताततै चमत्कारै चमत्कार छ)2