Rabindra Nath Thakur – Antarbikas Garideu [From Geetanjali]

हे जीवित संसारको जीवन ! मेरो अन्तर विकसित गरिदेऊ !
निर्मल गरिदेऊ, उज्ज्वल पारिदेऊ, सुन्दर गरिदेऊ,
जागृत पारिदेऊ, निर्भय अनि उद्यत पारिदेऊ,
निरालस अनि शंकारहित पारिदेऊ !
हे जीवित संसारको जीवन ! मेरो अन्तर विकसित गरिदेऊ !
मेरो अन्तःकरण अखिल संसार झै“ उन्नत गरिदेऊ,
मलाई बन्धनमुक्त पारिदेऊ !
मेरा सबै कार्यहरुमा तिम्रो उल्लासपूर्ण सङ्गीत भरियोस्
आफ्नो चरण–कमलमा मेरो चित्त स्थिर होओस् !
मलाई आनन्दित पारिदेऊ, आनन्दित पारिदेऊ !
हे जीवित संसारको जीवन ! मेरो अन्तर विकसित गरिदेऊ !