Abhas – Gairi Gaun

मेरो गाउँको नाउँ
गैरी गाउँ
यहाँ
सूर्य उदाउँछ
आँगन लिप्न
तर गहिरा छन् अझै रातहरु
यहाँ
चन्द्र उदाउँछ
शीतल पोख्न
तर गहिरा छन् अझै पीडाहरु
यहाँ
श्रमले झुल्छन्
सुन्दर बाला
तर गहिरा छन् अझै भोकहरु
यहाँ
विपना आफैं
फाँसी चढ्छे
तर गहिरा छन् अझै सपनाहरुहरु ।