Bibek Dulal Chhetri – Satbhav Ko Himalaya

विवेक दुलाल क्षेत्री “दमक” – सत्भावको हिमालय

अब त प्रतीक्षा छैन मलाइ
कुनै न्यानो रातको
जस्ले मेरो गुमि सकेको भर्भराउदो बैशलाइ
ग्वाम्लाङ्ग अङ्गालो हालेर
पुन शिशिर दाशतालाइ मेटाउन सकोस्
मरुभुमीको तन्नामा
बिटुला हुदा छन् मेरा सृजनशील कर्महरु
जस्लाइ कतै बेथिती हुनबाट जोगाएर
आफ्नै जन्मभुमिको काखमा लगेर
हर बिहानमा बिसाउन सकोस्

जसरी लाचार दिनलाइ अन्कमाल गरेर
मनभित्रको यौटा जिउदो शुर्यलाइ
रोज म अरबको निलो महासागरमा
डुबाउदै गै रहेको छु
यो देख्दा अरुलाइ रमिता शिबाय केही हुन्न
तर आफैलाइ सिक शिको लाग्छ
जीवन प्रती दया लाग्छ ,प्रश्न गर्छु आफैलाइ
के उपाय छैन कुनै दल दलबाट मुक्त हुने?

जिवनलाइ यति सस्तो बनाउला भनेर
सायदै कहिले शोचेका थिएनन् होला
ती झण्डै चार मिलियन प्रवासी नेपालीले
र ती मध्ये म एकले नि सपनामा सम्म शोचिन
मेरो शरीर एक दिन खजुरको गाछ्मुनी हुनेछ
अनि आत्मा मातृभुमिकै यादले छ्ट्पटनेछ
ए सस्ता गाडिमा महगा सपना पालेका
छरपष्ट दाइ भाइ दिदी बहिनिहरु !
प्रवाशको बाटो कति गार्हो छ छिचोल्न ?
अमुर्त ,अब्यक्त चाहनाले पुरिएको मन भित्र
खुशीले छिर्न लरबर लरबर गोडा कमाए झै!

आखामा ठुङ्ग मार्न आउने चोभारको डाडो
हृदयमा दुबुल्की मारिरहने फेवाताल
शरीरका नशामा नशामा दौडेने “भालुखुडि र भालुखोला” १
शीरबाट हरपल बग्ने पशीनारुपी “रतुवा”२
आखाबाट शुखदुखमा बर्सने “कन्काइ माइ”३
नसुती दिनमै पनि देखिने मेरो “दमक” ४लाई
यी इमारतका अग्ला टावरले कैले भुलाउन सक्ने छैन!
बरु उकलनेछु म देश प्रतीको कर्तब्यले गगन
हेर्नेछु म समस्त नेपालीको खुशी,बिशालता
निदाउने छु म अबस्य !सत्भावको हिमालय ।

समाप्त।

दमक,झापा
हाल ; अबुधाबी ,युएइ ।

नोट ;

१.कवी जन्मेको गाउ र सानो खोलाको नाम जो दुवै दमक नपा वडा ३ मा पर्छन् ।
२.दमक नपाको प्रशिद्द नदि ,जहाँ कवीका आमा,बाबा, र दाजुलाइ दाह सस्कार गरिएको नदि।
३.पुर्बको प्रशिद्द तिर्थ स्थल नदि ।
४.झापा जिल्लाको उदयमान प्रशिद्द शहर ।

@कवी।