Rakesh Karki – Detroit River

इन्जिनियर राकेश कार्की – डेट्-र्-वाईट रिभर (गीत)

तिमी विना नफूलेका पारिजातहरु
तिमी विना नसुतेका हर रातहरु
कता कता छमछम पाइलाको आवाज
उजालिएर फूले खुसी अहा मुटु माझ

डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथी
ढल्पलिँदै बग्दै आउछ बैँशालु आकृति
हाँस्दै रमाउदै डुबुल्कीन्छन् ईच्छाहरु
सुखका तरंग अनि मीठा अनुभुतिहरु

प्रेम बर्षिन्छ हिउँ झैँ फुसफुस छातीमा
छुन्छ कहिले पग्लिन्छ न्यानो ओठमा
संसार भरिको सुख मेरो स्मृति लहरमा
आफ्नो मनै हराएँ डेट्-र्-वाईट रिभरमा