Kailash Shikhar – Ek Juwan Banki Ghaam Ma

Poet Kailash Shikhar

कैलाश शिखर – एक जूवां बाकि घाम म

मेरो
एऊटा थोत्रो जिन्दगी
एऊटा पुरानो जिन्दगी
जस्लाई आफ्नै प्रत्येक निस्कृयताले
गिज्याई रहेछ।

आज म संग
हिजो जस्तो आफ्नो सम्पूर्णता छैन।
आज म संग मेरो विगत छैन।
यि, मेरो
सुकेका दह जस्ता आखांहरुमा
विगतका धेरै रहरहरु खेल्छन।
ति रहरका अवशेषहरु
ति,रहरका खण्डित अंसहरु
अझै पनि महत्वाकांक्षी बनेर
कहां छुट्न सकेको छ र?
मेरो सरिरका प्रत्येक नसानसा वाट।

हेर त!
आज ,
समयको भोगाई संगै चाऊरिसके
बैसका रंगहरु श्याम स्वेत वनिसके।
त्यसैले,
जिन्दगी थोत्रो र पुरानो बनि सक्यो
संगै मुल्य पनि पुरनै भाऊमा पाईरहे छु
जिवन पनि पुरानै भोगिरहेछु।
अनि,त
मेरो स्वाभहरु
मेरो भोगाईहरु
केवल म संग मात्र परिचित छ।