सुमित अधिकारी – ब्ल्याक आउट
धैर्यताको क्षितिजमा उभिएर
सूर्यलाइ नेपथ्यमा राखेर
म धर्तिको अन्तिम प्रकासमा
टाढ टाढा सम्म तिमिलाइ खोज्छु
अह ! देख्दिन
कहि कतै भेट्दिन
सकस मनको एक घूट पिडा पिउछु
अनि फ़ेरि डुब्छु
सधैझै
नेपथ्यको सुर्य सङ्गै
र
फ़ेरि पनि एउटा रङ्गिन बिहानिको कल्पना गर्छु
तर समयको यो कस्तो बादल हो
एका बिहानै मडारिन्छ
जङ्गलि काला सर्प हरु को झुन्ड झै
बिश्बर्शा हुन्छ
म छत बिहिन लाचार नियतिको सिलौटोमा
हरेक बिहान यसरिनै पिसिन्छु
सायद
नियतिको “ब्ल्याक आउट” छ
धर्तिको यो पाटोमा ||
डिल्लिबजार काठ्माडौ