निरोज मास्के – समय यात्रामा म !
पृथ्वीको हरेक फन्को संगै,
आयुदेखी बगेर,
उमेरमा थुप्रिने,
समयको प्रबाहमा म,
कुन्नी केको खोजिमा,
कुन्नी कहाँको,
यात्रा गरिरहेको छू!
आखा उघ्रिनु अगाबै,
निन्द्रा नटुट्दै,
बिर्सियको र बिर्सन बाँकी रहेका
सपनाहरू,
अनि,
हरायको मन,
बिक्षिप्त तन लिएर,
कुन्नी कुन सपना पुरागर्न,
कुन्नी कहाँ,
के संघर्ष गर्दैछु!
पढ्न नसकेको,
अनि,
पढी नभ्यायको,
किताबको भारी लियर,
यो जीवनको उकाली काट्ने,
सम्झौता गर्न,
कुन्नी कहापो आइपुगेको छू!
थकित मेरा तनहरू,
गलेका मेरा पाइलाहरू,
तिर्खायका मेरा आँतहरू,
हरेक दिनको गोधुली नियाल्दै,
टट्टायका मेरा आँखाहरू,
लियर म,
कुन्नी कस्तो जिवन कोर्न तल्लिन छू!
भरोसा टुटेका आशाहरू,
विश्वाश टुटेका भाकाहरू,
सँगसंगै डोहोरियर म,
कुन्नी कसरी जीवन्
निभाउन कोशिमा छू!
हरेक दिन,
भरिदै गयको उमेरको घडा,
लोलाउदै र सेलाउदै गयको
जवानी र जोशहरू लियर,
गन्तब्यहिन यात्रामा,
आश्रय खोज्दै,
बिडम्बना भोग्दै,
अनन्त अनन्त सम्म,
समय यात्राको बहाबमा,
बगेर म,
कुन्नी कहापो बिलिन हुनेछु,
आभाष बिहिन,
यो समय यात्रामा,
म किन डोहोरिरहेको छू!
तर डोहोरी रहेछु,
डोहोरी रहेछु,
र डोहोरी रहेछु!
तबसम्म,
जवसम्म,
उमेर् सकिएर आयु भरिदैन!
एकोहोरो म,
गन्तब्य हिन डोहोरिनै रहने छू!