निराजन सापकोटा – सुक्रबार
तप् तप् बर्सिदै गयो साउने झरी
भिजेका भारी परेलीहरु उचाल्दै उनिले भनिन्
ए हजुर ! यो अमृत भन्दा चोखो साझलाई एक छिन् रोकिदिनुस्
अविरल कोशीको बेगझै बगिरहेका बातहरुलाई एक छिन् रोकिदिनुस्
मलाई मेरै त्यो प्रहर फिर्ता ल्याइदिनुस्
मलाई मेरै त्यो शुक्रवार फिर्ता ल्याइदिनुस् ।
अगाडि बढेका चार पाइलाहरुसित सम्झौता गर्दै
म फर्किए,एक खेप झस्किए र
टुलुटुलु क्यामेराको रिलमा कैद मनोरम् Portrait झै
त्यो मनमोहक द्र्श्यलाई नियालिरहे
एकाएक वाक्याम्शहरु फुटे…..
बाच तिमी हरेक छण एक उल्लास्मय उत्सव सम्झी
इन्द्रेनी रंग भर हरेक वारमा तिमी जीवनकै आत्मिय शुक्रवार सम्झी ।