निराजन सापकोटा – प्रस्थान पछि
समुन्द्रको जस्तो छाति लिएर जिन्दगि लाई हेर्न थाल
तिमी खोलामा सिमित भएर मक्ख छेऊ
तिमी चम्चामा थिर्खा मेट्न तम्सिएकी छेऊ
म सागरको गहिराहिमा डुबुल्की मार्दै छु
तिमी आखिझ्याल बाट आकाश चियाउ छेऊ
मेरो आखामा क्षितिज पनि सागुरिदै जान्छ
तिमी जीवनलाई उपलब्धिको झिनो तराजुमा झोख्दै बस्नु
म त्यही जिन्दगीलाई समर्पणको शिलान्यास बनायिदिन्छु .