Nirajan Sapkota – Mausam

निराजन सापकोटा – मौसम

म हरेक मौसममा समाहित हुन थालेछु …
साउनमा बेस्स्मारी रुझिदिन्छु,
टन्टलापुर घाममा मुस्कुराइदिन्छु
कठांग्रिने जाडोमा हिमाली शीत लहरझैँ निस्फिक्री बतासिदिन्छु
ग्रिष्ममा सिमलको भूवाझैँ समर्पणले टुपुटुपु झरिदिन्छु
आजकल कुनै प्रिय मौसम भन्नेनै छैन हो …
हरेक मौसममा रमाइदिन्छु…