Nirajan Sapkota – Shirshak Nai Ojhel Ma Pareko Awastha

निराजन सापकोटा – शिर्षक नै ओझेलमा परेको अवस्था

पहिले कता कता भेटघाट भा जस्तो लाग्यो…
तर होइन पो रहेछ बरै
समाउन खोज्यो मृग तृष्णा झैँ…
झन् पछ्याई रहदैछु.

बुज्नुपर्ने कुरो सबै बुझेकै जस्तो लाग्छ…
तर होइन पो रहेछ बरै
केही बुझेको रहेनछु…
आइमाई को मन जस्तै.
रंग भर्न तम्से नया नया Canvasहरुमा
रंग त पहिले नै रहेछ नि …
कस्तो एकोरिरहेको म इन्द्रेणीमा पनि कही रंग भर्छन र ?
Complete Stranger भई आएको थियो ऊ…
आत्मिय नाता गासी आफ्नो बाटो ततायो ऊ .
जिन्दगी न हो …
मेरो लागी कहाँ रोकिन्छ र …
अगाडि कति कथाहरु कुरिरहेका होलान है बरै .