कोमल प्रसाद श्रेष्ठ मल्ल – रगताम्य अभिषेककालागि
उस्तै उस्तै
परेड ताण्डपका
नास बिनासका राता रेखाहरु
बस्ति बस्तीका
अंग अंग बटारिदै
स्वप्नील सपना अन्त्यष्टिमा
झुण्डिदैछ फासिका डोरि झै
मनुवाका आरोह अवरोहमा
अर्थहिन बाद विवाद लम्कदै
पगरिका चक्रब्यूहरुले
बिखण्डनका मोर्चा बाध्दै
पलाएछन पलाएनका घास झार बुट्यानहरु
टोल टोल,बस्ति बस्तिमा
त्रासका नश्ल चट्याङ्हरु
खस्दैछन
गास गासमा
बास बासमा
त झन झन नाग्ङिदैछन आङहरु
फाटेका आस्थाका कपास जलेर
कठै
चर्काचर्किको मुकुटहरु फेरि उस्तै उस्तै
पहिचानको स्वाङमा
बिनासका भ्वाङमा
विकासलाई चाबुक कोर्रा मार्दै
चिरा चिरा पार्ने लाखे नृत्य मन्चनमा
भाषा भेष भुषा
आस्था विश्वास अखण्डतालाई
फासिमा झुड्याउदैछ
मात्र रङ्गीन ध्वजा पतका
र रगताम्य अभिषेककालागि