निरोज मास्के – घर भयो बिरानो!
गौथलीले,
छाडी गयो दलिन!
सर्कौटीले छाड्यो,
बुईगलको पाली!
भंगेराहरू,
उडिगयो ग्वाखछाडी,
अब त घरपनी, भयो होला खालि!
मनशून आउथ्यो,
बर्षात लिएर!
त्यो झरिमा रुझ्नुको,
मजानै अर्कै!
कन्दरा छिचोली,
खहरे झर्थ्यो,
त्यो झर्नामा भिज्नुको,
मजानै अर्कै!
कर्याङग कुरुङले पनि,
बदल्यो बाटो!
रोपिएन होला,
काँक्रा र फर्सी एस्पाली!
भत्किएर,
चुहिदोँ होला धन्सार!
उठेन होला,पाखाको बाली!
अब त घरपनी, भयोहोला खालि!
देउराली माथीको,
शिद्दपाइलामा सिरेटो!
मुटुभरी सिज्नुको,
मजानै अर्कै!
त्यो पल्लो कोटको,
मन्दिरको घन्टा,
ध्वोनितभै मनमा बिझ्नुको,
मजानै अर्कै!
सुकिगय चमर,
ढलिगय मकै!
नाच्दैन होला,
आजकल् जुरेली,
आफ्नो जुरो उचाली!
अब त बारिपनी भयोहोला खालि!
गोधुलिमा डुबेपनी,
सखारै झुल्किन्थ्यो!
फिजाउथ्यो पखेरोमा,
उषाले लाली!
ओइलायो सुनगाभा,
झरिगयो पारिजात,
फर्किएन अझै,त्यो फुलको माली!
घुम्दैन होला चिल,
त्यो डाँडा माथी,
मलाइ खोज्दै,
आफ्नो पंख फाली!
अब त गाऊपनि, भयोहोला खालि!
फर्किएन गौथली,
छाडिगयो दलिन,
अब त घरपनी, भयोहोला खालि!
फर्किएन सारौ,
छाडिगयो पालि,
अब त घरपनी’ भयोहोला खालि!
आएन भंगेरा,
ग्वाखभयो जाली,
अब त घरपनी’ भयोहोला खालि!