मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ
सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्
म विलकुल
वर्तमान झै छर्लङ्ग छु
ताजा छु
दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य—
“अरे यार तँ त जस्ताकोतस्तै छस् ।”
नेपाली कविता को बिशाल संग्रह
मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ
सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्
म विलकुल
वर्तमान झै छर्लङ्ग छु
ताजा छु
दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य—
“अरे यार तँ त जस्ताकोतस्तै छस् ।”
Comments are closed.
दृष्टी > “अरे यार तँ त जस्ताकोतस्तै छस्।”
यो वाक्यले नै कविताको सम्पूर्णता बोकेको छ। अरू भएर पनि नभए जस्तै तर यति मात्र हो राम्रो हुनको लागि नराम्रोको आवश्यक छ।