निरोज मास्के – रेउरी र स्टेल्सा!
बर्षालाई भने मैले,
झरी बनेर नरुझाउ मेरो परिलाई!
ए झरी,
चिप्लोहुने गरी,
नभिजाइदेउ गोरेटो मेरो छोरिको,
रेउरी, दौडिन सिक्दैछिन,
स्टेल्सा, हातको बलले उभियर पाइला चाल्दैछिन!
हिउदलाई पनि भने मैले,
हिउ बनेर नचिसाइदेउ मेरो परिलाई!
ए हिउ,
कठेङ्रिने गरि,
नजमाइदेउ गलाहरू मेरो छोरिको,
रेउरी, भरखरै गीत गाउन सिक्दैछिन,
स्टेल्सा, तालिमार्दै पा!-पा!! बोल्न खोज्दैछिन!
घामलाई पनि भने मैले,
राप बनेर नपोलिदेउ मेरो परिलाई!
ए सौर्य,
चर्को गरि,
नफालिदेउ बीकिरण माथी मेरो छोरिको,
रेउरी, भरखरै मन्दिर जादैछिन,
स्टेल्सा, घामको किरण छुने संघार काट्न पाइला उचाल्दैछिन!
जुनलाई भने मैले,
ए चांदनी,
घुम्टोभित्र ओझेलपरी,
नलुकाउ तिम्रो शितलता मेरो छोरिको लागि,
रेउरी, फुलबारिमा बास्नालिन आउदैछिन,
स्टेल्सा, तिम्रो शितल शलिनता झ्यालबाट चियाउदैछिन!
neerose
8 Jun 2012