Dipendra KC – Apadasta Bhayen Ma

दीपेन्द्र के.सी. – अपदस्थ भएँ भने म

कुनै दिन !
अपदस्थ भएँ भने म
कुनै सैनिक कू सरी ।

म कुनै कैदबाट
घोषणा गरिदिनेछु
“मलाई गर्व छ
तिमी मेरी हुनुमा ।”

मलाई विश्वास छ –
हुर्कन सक्छन्
मायाँका पालुवाहरु
कुनै जञ्जीरभित्र पनि,
बाँझो आकाशको
खुला खण्डहरमा पनि,
कफर्यु र यातनाका
काला रातहरुमा पनि ।