Homnath Pathak – Matribhumi

होमनाथ पाठक – मातृभूमि

मातृभूमि तिम्रो लागि सहिद पनि बन्न सक्छु
तिमीलाई चिनाउन प्रयोग होऊन् मेरा ज्ञान चक्षु

मेरा कर्महरू खुसी पारुन मातृभूमि तिमीलाई
पहरेदार बन्न सकूँ, सुख दिन सकूँ नेपालीलाई

माटो राखी शिरमा तिम्रो सेवा गर्नु छ
ज्ञान विज्ञानको विकासले तिम्रो पोल्टा भर्नु छ

सबै भन्दा प्रिय लाग्छ, मातृभूमि नेपाल हाम्री
हुर्काउनु फुल्नु फुलाउनु छ, मातृभूमि नेपाल राम्री