Manita Limbu – Mero Desh

मनिता लिम्बु – मेरो देश

के छैन मेरो देशमा यहाँ
सेतो हिमाल,निलो पहाड,हरियो तराई
कञ्चन झरना,चिसो पानी खहरे बग्छन् यहाँ
छैन अरुको जस्तो मरुभूमि र बरफ मात्र यहाँ
जे खोज्छौ,जस्तो चाहान्छौ,त्यसतै
प्रकृति भेट्छौ यहाँ
नजानी,नबुझी उनीलाई के खोजी हिडछौ कहाँ कहाँ
नतडप,नभडक गरे सबैथोक हुन्छ यहाँ
गाली खान अपमान सहन पुग्छौ कहाँ कहाँ
गरेर त हेर सबैथोक भेट्छौ यहाँ
के छैन मेरो देशमा यहाँ
के खोज्छौ?के चाहान्छौ? र डुलिहिड्छौ कहाँ कहाँ
पसिना बगाएर,परिश्रम गरेर त हेर
स्वर्गको झै सुख मिल्छ यहाँ…