कोमल श्रेष्ठ मल्ल – म के लेखु ?
पहाड भत्कदैछ
पहिरै पहिरो छिचोलेर
उक्ळनै मुस्किल
तराई बिथोलीयर सल्कदैछ
हिड्नै मुस्किल
हिमालको रुप बदलीदैछ
कुरुप नाङ्गो अनुहार के गरि व्योहर्नू ?
धन्य प्रकृृती ! झन बुझ््नै मुस्किल ?
म के लेखु आँँसुमा आमा ?
मुस्कीलको जीन्दगी बोकेर !
कैचीहरु करौतीहरु
खै कसरी किन कहा उत्पादन गरिय ?
पोशाक मासिदैछ
टोपी साटिदैछ
संस्कृती काटिदैछ
यो काटछाटको मुस्किलमा
कुन भाषा ?
कुन भेष ?
कुन भूषा ?
कुन धर्म ?
कुन संस्कृती ?
कवीता लेखु ? कवीता बोलु
अनेकतकै जिन्दगी बोकेर आमा ????
मक्कीदै गरेको वीरता
खस्कीदै गरेको धीरता
भत्किदै गरेको एकता
आमा कोलमा
भक्तहरु झोलमा
विस्वास,उत्थान प्रगती ढलमा
आसुमा चन्द्र सूर्य
कम्पीत माटो
रक्त रंन्जीत बाटो
सुनीयोजीत नारा
मृृत भाईचारा
पहीचानका खोज टोल टोलमा
कतै मजै मजा
िबचार धुजा धुजा
उखलियका दशगजा ?
काटकूट हाटहूट लाटलूटको नसा
काटिदै काटिदै
उत्तर दक्षीण गासीनु
यो गासीनु मासीनु
बुझ््नै मुस्किल सहनै मुस्किल !!!
म के लेखु ?
म के बोलु
यस्तो जलन युद्दमा
मुस्कीलको जीन्दगी भोगेर
आासु र रगतमा आमा
जिन्दाबाद
र
मुर्दाबादका लस्कर
जात भाषा भेष भूषा धर्म संंस्कतीका तस्कर
अनी खरिद बीक्रिका ध्वजा पतकाहरु
बिभिद किल्लाका कर्मी
थरि थरि अनुहार बुझ्नै मुस्किल
यस्तो तातो
रातो
आसु र रगतको मुस्कीलमा
म कुन देश बाचेर
कवीता लेखु ?
कवीता बोलु ?
र पढु
शान्तीको मन्दीरमा
परतन््त्र भोगेर
म के लेखु ?