Bibek Dulal Chhetri ‘Damak’ – Teej Sambandhi Haiku Haru

विवेक दुलाल क्षेत्री “दमक” – केहि तिज सम्बन्धि हाइकुहरू

१.
तिजको बेला
पिठ्यूँमा घाम बोकि
नेपाली चेली .

२ .
कस्तो फेशन
लय हो या रत्यौली
तीजका गीत .

३.
पेट काटेर
हुन्न हरितालिका
रुढी हटोस्.

४ .
यो मरुभूमि
कोपर्छ यो हृदय
चेली सम्झेर

५ .

मेरो नियास्रो
के मेटाउला प्यारी
दर खाएर .

६ .

रातो सारीले
चंचल भो यौवन
दुलाहा खोइ ?

अस्तु :
दमक ,झापा
हाल :अबुधाबी .