Padam Bhandari – Dukha Ko Ghaau Ma (Nepali Gajal)

पदम भण्डारी – दु:खको घाउमा मलम लाउन (नेपाली गजल)

दु:खको घाउमा मलम लाउन पसें कर्नालीमा
बुद्धि र हिम्मतमा विवेक घसें कर्नालीमा

हामी जस्ता बिकासमा, लाग्ने कर्मठ कार्यकर्ता
माग छ त्यहाँ भन्ठानेर कम्मर कसें कर्नालीमा

जिउ हत्केलामा राखी, तुईनबाट नदी तर्दा
डोरी चुंडिएर वाफ रे झण्डै खसें कर्नालीमा

हिनताबोध गर्छन आँफू दुर्गममा जानेहरु
मलाई कहिल्यै लागेन नी म त फंसे कर्नालीमा

गौरव गर्छु आफ्नो कामको, जे गरें ठीकै गरें
जोड्दै जाँदा ठ्याम्मै बाह्र वर्ष बसें कर्नालीमा
★★★