Bishnu Kumar Basnet – Machhapuchchhre

बिष्णु कुमार बस्नेत – माछापुच्छ्रे


हिजो माछापुच्छ्रे छुन भनी
बिहानै हिंडेको थिएँ,
उकालो पहाडतिर
मसँग लुकामारी खेल्दै
बनपाखा डुल्दै
कैले-कैले भेटिएलाजस्तो भा’थ्यो
माछापुच्छ्रे
खोज्दै जाँदा सराङकोटमा
भेटिएझैं भा’थ्यो
फुत्कन ला’को माछोझैं भा’थ्यो
माछापुच्छ्रे।
तर मलाई छक्याउदै
मलाई हिस्याउदै
झ्वाम्म फालहाल्यो
फेवातालमा माछापुच्छ्रे।।