Bishnu Kumar Basnet – Aakash Royeko Chha

बिष्णु कुमार बस्नेत – आकाश रोएको छ

आकाश रोएको छ
निरन्तर
रोईरहेकोछ हिजोबाट
धर्ती उसका हरेक थोपा आँशुहरु सँगाल्न ब्यस्त छ
खोलाहरु उसकै आँशु बोकेर हिडिरहेछन् यात्रामा
निशब्द छन् बनपाखाहरु
चुप छन् सबै,
सबै अभ्यस्त छन् आ-आफ्ना पीरब्यथाहरु लुकाउन
घामजून हास्न सकेका छैनन्
न आँशु पुछ्न सक्छन्
सक्छन् त केवल मुकदर्शक बन्न
उदास भएर
निरास भएर
कारण;
आकाश रोएको छ
निरन्तर
रोईरहेकोछ हिजोबाट