Kiran Budhathoki – Bagmati

काकाकुलहरुको नियतिलाई
ब्यंग गर्दै,
काठमाण्डौंको नसा भएर,
रगतसरी,
बगेकै छ बाग्मति।

किरण बुढाथोकी – बाग्मति

काकाकुलहरुको नियतिलाई
ब्यंग गर्दै,
काठमाण्डौंको नसा भएर,
रगतसरी,
बगेकै छ बाग्मति।

खुनको प्यास हेर्दै,
खुनीहरुको साक्षी भएर,
रक्तिम क्रांतिको,
दरिद्र अभिलाषा नियाल्दै,
बगेकै छ बाग्मति।

क्रांतिकारी नाराहरु,
चुपचाप सुंदै,
पोखिएका रगतका हरेक छिटा र
फ़ाल्सा अनि मलमुत्र,
आत्मसाथ गर्दै,
मौन आलाप सहित,
बगेकै छ बाग्मति।

आहा कस्तो पबित्रता!
आफ़्नो कुरुप शरीर लिएर,
सारा मैलोलाई निल्दै,
काकाकुलहरुको नियतिलाई,
काठमाण्डौंमा ब्यंग गर्दै,
बगेकै छ बाग्मति।

One thought on “Kiran Budhathoki – Bagmati”

Comments are closed.