Bibek Dulal Chhetri ‘Damak’ – Goru Ra Gai Nareko Lau (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – गोरू र गाइ नारेको (गजल)

गोरू र गाइ नारेको लौ हेर
सत्य बसाइँ सारेको लौ हेर

खुशी कसैको सहन नसकी
चरा बटाई मारेको लौ हेर

पैसा सम्झदा जे गर्न तयार
घर सलाई पारेको लौ हेर

यता न उता डुलाएर खुट्टा
कतै नबसी टारेको लौ हेर

मूर्खको औषधि हुदैन भन्थे
बालुवालाई खारेको लौ हेर .