Komal Shrestha Malla – Khoj

कोमल श्रेष्ठ मल्ल – खोज

सपना बिउझन्छ ?
प्रहार
बिध्वंस

बिभत्स रागमा ! ?
कुरुप क्रुर अनुहार कुर्चीमा
रहस्यमय रहर
कम्पीत माटो ?

आश्रय
खोजका
असह्य इच्छाहरु
गन्तीमा औलाहरु
लास

रातो रातो
खोला नदीहरुमा ?
मडारियका मृत्युका पैतला
घुमी रहेछन
गाउ शहरमा
तर्क बितर्कका बजार बोकेर ?
बितरण भै रहेछ उस्तै
मडारियको दमन

हत्या धापहरु
बादलका जुलुसमा कठै !!?
अर्का थरि
रातो आसु समुन्द्र भिजेर
मनुवा सिदान्त पसारेर
खोजी रहेछन
दमनका श्रृखला गुफामा गुम्सदै
सत्य अनुहार
बुद्द पाईन्छ भनेर ?
पौरख हारेको छातीमा ….