Pratima KC – Kabita

प्रतिमा के.सी. – कविता

शब्दहरुको कला हो कविता
मनको जिउँदो अनुभूति हो कविता
साहित्यको शसक्त विधा हो कविता
मनको स्वतन्त्र बगैंचा हो कविता
देश र समाजको ऐना हो कविता
त्यसैले

कविता
मन पराउंछु
कविताले मनलाई छोइदिन्छ
हरेक जन जीवनलाई छोइदिन्छ
भिर पाखा र छ्हरालाई जगाउँछ
बसन्त र शरदमा मग्मगाउँछ
दुख र सुखको अभिव्यक्ति गर्छ
त्यसैले


कविता
अध्यन गर्छु
कविताले छन्द बोकेको हुन्छ
कविताले रस बोकेको हुन्छ
कविताले साहित्य बोकेको हुन्छ
जीवन सुन्दर साहित्य हो
हरेक मन कबि हो
गध्य होस् या पद्य कविताले
एउटा सिंगो जीवन बोकेको हुन्छ
कवितामा मेरो समाज बोल्छ
कवितामा मेरो देश बोल्छ
त्यसैले

कविता लेख्ने गर्छु

(बिश्व कविता दिवस २०१३ को अबसरमा रचित)