मदन सिटौला – जस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छ
किन होला यो दुनियाँमा यस्तो मात्रै हुन्छ
जस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छ
हिड्दा हिड्दै बाटो बिचमा साथ जस्ले छोड्छ
जिन्दगीको पहिलो माया उहि किन हुन्छ ?
बिरक्तको कथा जस्तो बन्यो मेरो जीवन
रिक्तताले मन पोल्छ एक्लो मेरो जीवन
बिछोडको पीडा बन्दा रमाई दिन्छु यादमा
रुझिदिन्छ आँखा सधै कोही छनन साथमा
किन होला यो दुनियाँमा यस्तो मात्रै हुन्छ
जस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छ
ढलपल हुने आँशु थोपा चुहिन्छ कि भनि
तिम्रै यादमा जीवन बिते दिनहरु गनी
तप्प चुहिए बिलाई जान्थ्यो बगी दिदा भेल
दोषी होईनन यि नयन किन भयो झेल
किन होला यो दुनियाँमा यस्तो मात्रै हुन्छ
जस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छ
२०६९ फाल्गुन २७ गते आईतवार