Om Prasad Ghayal – Akhwariya

ओमप्रसाद घायल – अखवारिया

अखवारमा
जबजब, म लेख्न थाल्छु
स्वतन्त्रताका नविन गीतहरु
म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु
र प्रकाशन गर्छु आफ्नो अखवारमा
तिम्रा बेहिसाव ज्यादतीहरु
त्यतिबेला तिमी मेरो कलम बिरुद्ध
तरवार लिएर जाइ लाग्छौ
आक्रमण गर्छौ मेरो अखवारमा
खोसिदिन्छौ मेरो कलम
र शिकार गर्छौ
निर्भिक र स्वाभिमानी अखवारियाहरुको
ए महाशय !
आखिर कति दिन तिमीले
ढा“टेर हिंड्छौ इतिहासलाई
र शिकार गर्छौ अखवारियाहरुको !
इतिहास ढा“ट्ने नाममा
मात्र क्षणभरका निम्ति
तिमी मेरो आवाज थुन्न सक्छौ
मेरो कलम भा“च्न सक्छौ
र मेरो अखवार च्यात्न सक्छौ
अर्थात् तिमीले रेट्न सक्छौ
ज्ञानेन्द्र खड्काका घा“टीहरु
आक्रोशमा छप्काउन सक्छौ
डेकेन्द्र थापाहरुलाई
तर ए महाशय !
लेखकीय स्वतन्त्रताका पक्षमा
निरन्तर उभिरहनेछन्
कयौं वीरेन्द्र शाह र उमा सिंहहरु
र गाइरहनेछन् अखवारमा
स्वतन्त्रताका कालजयी गीतहरु

यतिखेर लोकतान्त्रिक गणतन्त्रको
अभिशप्त भूगोलमा उभिएर
म प्रेस स्वतन्त्रताको
गुहार मागिरहेको छु तिमीस“ग
ए महाशय † मलाई
स्वतन्त्रताको गीत लेख्न देऊ ।
म स्वतन्त्रताको गीत बोकेर मेची पुग्छु
म जागरणको संगीत लिएर महाकाली पुग्छु
र ब्यू“झाउनेछु
वर्षौंदेखि निदाएका अ“धेरीखोलेहरुलाई
ए महाशय !
यो स्वतन्त्रताको संग्रामी मोर्चामा
तिमी बन्दुक बोकेर प्रतिकार गर
वा तरवार बोकेर प्रतिकार गर
यहा“ कलम लिएरै डटिरहनेछन्
लाखौं कृष्णसेनहरु
र खोजिरहनेछन् निरन्तर–निरन्तर
अन्यायमा दविएका स्वरहरुलाई
लेखिरहनेछन् अखवारमा
हामी बीचमै हराएका आवाजहरुलाई
एक दिन
मेरो क्रान्तिको सूर्य पनि उदाउनेछ
पक्कै पूर्वबाट
र त्यही दिन सकिनेछ तिम्रो बन्दुकको गोली
त्यति बेला म प्रेस स्वतन्त्रताको गीत लेखेरै फर्कनेछु
लेखन धर्मको मोर्चाबाट
र सुनाउनेछु
लेखकीय आन्दोलनका शहीदहरुलाई
‘हाम्रो प्रेस स्वन्त्रताको खवर !’
प्रेस स्वतन्त्रता जिन्दावाद !!
प्रेस स्वतन्त्रता जिन्दावाद !!!

बलेवा, बागलुङ