विवश पोखरेल – अराजक सहरमा
सपनाको रङ्गीन घुम्टो ओढेर
अराजक यो सहरमा
प्रतीक्षाका आतुर मन ओछ््रयाउँदै
धमिला आँखामा मान्छेहरू खोजिरहेछन्
जीवनको उज्यालो रङ
खोजिरहेछन्
अप्रत्यासित ओठबाट अपहरित मुस्कान ।
हेर्दाहेर्दै संवेदनाहीन यो सहरमा
सालिक भएका छन् मान्छेहरू
बुख्याचा भएर उभिएको छ ंवर्तमान
निस्तब्ध सालिकका आँखाबाट
अविराम झरिरहेछ पीरका रुन्चे झरी
निथ्रुक्क भिजेको छ प्रस्तर मन
चिंिसएको छ सपनाको ओभानो बलेंंसी
छातीमा बोकेर
यातनाका असङ्ख्य डाम
घाइते सडकमा
अथकित हिंडिरहेछन् मान्छेहरू ।
अराजक यो सहरमा
मौलाएको छ भ्रमको खेती
भूमिगत छ आदर्श
शुली चढेको छ इमान
स्वार्थका खालमा
तान्न आतुर छन् खेलाडीहरू
जोकरसत्ता
अपहरित छन्
गुलाबी पूmलको अनुपम सौन्दर्य
उदास उदास छन् मालीहरू ।
अराजक यो सहरमा
बतासजस्तै समाउन नसक्ने गरी
भागेको छ वसन्त
फर्केर फेरि कहिले नआउने गरी
नदी भएर बगेको छ विश्वास
मौन, नियालेर नदीको निष्ठुरता
उदास बगरमा
रुपान्तरित भएका छन् आकाङ्क्षाहरू
हेर्दाहेर्दै जीवनको आकाशबाट
अदृश्य छ खुसी
हराएर जीवनको इन्द्रेनी रङ
सेताम्मे काँस फुलाएर
उराठिलो शिशिर बाँचेको छ समय ।
अराजक यो सहरमा
एउटा अराजक
नियति भोगिरहेछन् मान्छेहरू ।