सन्ध्या रेग्मी – उनीहरू र हामी
उनीहरूस“ग के छैन ? सबथोक छ
शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातको विकास छ
उद्योग, व्यापार, विज्ञान, प्रविधिको चमत्कार छ
उनीहरू साधनसुविधाले भरिपूर्ण छन्
भौतिक सुखसयलले परिपूर्ण छन्
तर पनि मलाई त लाग्छ –
उनीहरूले केही जितेका छैनन्
न त हामीले नै केही हारेका छौ“
उनीहरूले केही पाएका छैनन्
न त हामीले नै केही गुमाएका छौ“
उनीहरू विकासको कुनै धुरी चढेका छैनन्
सभ्यताको कुनै शिखर उक्लेका छैनन्
समृद्धिको कुनै महासागर पौडेका छैनन्
उनीहरूस“ग त्यहा“ सबथोक भएर पनि केही छैन
किनकि –
त्यहा“ आमाहरू छैनन् बाबुहरू छैनन्
छोराहरू छैनन् छोरीहरू छैनन्
पतिहरू छैनन् पत्नीहरू छैनन्
साथीहरू छैनन् आफन्तहरू छैनन्
नातागोता र सम्बन्धहरू छैनन्
उनीहरूको समाज अल्पायुको समाज हो
जहा“ आमाबाबुका लागि प्रत्येक छोराछोरी
अठार वर्ष पुगेपछि मर्छन्
छोराछोरीका लागि आमाबाबु
हातखुट्टा छ“दै अपाङ्ग बन्छन्
त्यहा“ न सम्मान छ न सत्कार
न श्रद्धा छ न श्राद्ध
न अभिनन्दन छ न अभिषेक
न पूजा छ न आरती
न पुकार छ न आशिष
आर्थिक समृद्धिको युद्धमा हेलिएका उनीहरू
आत्मिक सुखको जीवनबाट विमूख छन्
समाजप्रति कर्तव्यच्युत छन्
धुजाधुजा भएको छ उनीहरूको परिवार
चूर्णचूर्ण भएको छ उनीहरूको समाज
उनीहरू ज्यू“दै मरेतुल्य छन् ।
के छैन यहा“ हामीस“ग पनि ? सबथोक छ
असीम गरिबी छ, अनन्त भोक छ, असङ्ख्य रोग छ
हाम्रो अगाडि अभावै अभावको खाडल छ
कष्टै कष्टको पहाड छ
तर पनि हामी दुःखका प्रत्येक पहाडलाई टेक्दै जान्छौ“
हामीभित्र सत्ययुगदेखि बलिरहेको आगो छ
जसको भरभराउ“दो रापमा हामी
लहलाउ“दो भविष्यका लागि सङ्घर्षरत छौ“
अभावको खाडीबाट उठेर
जीवनको आल्हादित पलक खोल्न प्रयत्नरत छौ“
हामीभित्रको आगो उज्यालो, न्यानो र जीवनदायी छ
र त हामी जीवन्त छौ“
हामी अजर छौ“ अमर छौ“
हामी त्यो आराध्य र पूज्य समाज हौ“
त्यो अमीर संस्कृति र सभ्यता हौ“
जहा“ माताहरूको जयगान हुन्छ
पिताहरूको आरती हुन्छ
पुस्तौ“पुस्तासम्म पितृको सम्झना र श्रद्धामा श्राद्ध हुन्छ
गुरु र अतिथिलाई पनि मातापिताकै दर्जामा राखी
‘आचार्य देवो भवः’ ‘अतिथि देवो भवः’ को जपना हुन्छ
यहा“ आमाबाबु छोराछोरीका हरेक अभाव र सङ्कटमा
सहारा हुन्छन्, सहयोगी हुन्छन्, छहारी हुन्छन्
आमाबाबुको त्यो ममताको छाती हाम्रो स्वर्ग हो
त्यसैमा हाम्रो जीवनमय छटा छ
जसले हामीलाई युगयुगान्तर बचाइरहेछ
त्यसैले मलाई भन्न मन लाग्छ –
उनीहरू मृत हुन् हामी अमृत
उनीहरू मिथ्या हुन् हामी सत्य
उनीहरू क्षणिक हुन् हामी शाश्वत
उनीहरू नश्वर हुन् हामी अमर ।
म त भन्छु –
उनीहरू यन्त्रमानव हुन्
जोस“ग शरीर छ तर मुटु छैन
मस्तिष्क छ तर ह्दय छैन
सोच छ तर संवेदना छैन
उनीहरू भावनाशून्य विद्वान् हुन्
संवेदनाहीन बुद्धिजीवी हुन्
उनीहरूका विद्या र बुद्धिका अहार्दिक शब्दले
मेरो मनमा तर¨ उत्पन्न गराउन सक्दैन
ती यान्त्रिक उच्चारणलाई म भाषा र साहित्य मान्न सक्दिन“
उनीहरूको अनुहार छ तर भावभङ्गिमा छैन
आ“खा छ तर त्यसमा करुणा छैन
ओठ छ तर त्यसमा चोखो मुस्कान छैन
चुम्बन छ तर त्यसमा माया छैन
अ“गालो छ तर त्यसमा न्यानो छैन
छाती छ तर त्यसमा समर्पणको भाव छैन
जीवन छ तर त्यहा“ मीठो जिन्दगानी छैन
शायद उनीहरू कम मानिस र बढी पशु हुन्
उनीहरू त्यो नारकीय दुनिया“ हुन् –
जहा“ पतिपत्नीको नाता यौन सम्बन्धबाहेक केही हु“दैन
मायाको परिभाषा शारीरिक सम्पर्कसिवाय केही हु“दैन
आनन्दको अर्थ सम्भोगबाहेक अरू केही हु“दैन
जहा“ विवाह सामाजिक आदर्श र संस्कृतिको द्योतक हु“दैन
जहा“ ‘म्यारिज’ गर्दै ‘डाइभोर्स’ गर्नु बाया“ हातको खेल हुन्छ
लुगा फेरे झै“ माया फेर्नु साउनको सस्तो भेल हुन्छ
जहा“ वंशपरम्परा पनि यौनको परिणामबाहेक केही हु“दैन
जहा“ छोराछोरीका आमाबाबु पतिपत्नी होइन
एक आपसमा केटा साथी र केटी साथी मात्र हुन्छन्
जहा“ दाजुबहिनी र दिदीभाइको सम्बन्धले
कुनै तिहार ल्याउ“दैन कुनै दीपावली झल्मलाउ“दैन
जहा“ नरनारीको सम्बन्धले केवल ‘फ्रोयड’ लाई मात्र सम्झाउ“छ
र अरू सबै सबैलाई बिर्साउ“छ
त्यस् तो खोक्रो समाजको बदामको बोक्रा जति पनि तौल हु“दैन
त्यस् तो रित्तो जीवनको पला“सको पूmल जति पनि मोल हु“दैन ।
हामी अभावैअभावको जिन्दगी गुजार्छौं त के भयो ?
उनीहरूले जस्तो आमाबाबुका विरुद्ध
अदालतमा हामी मुद्दा त हाल्दैनौ“ †
सम्पत्ति थुपार्न सकेनौ“ त के भयो ?
उनीहरूले जस्तो आमाबाबुलाई जीवनको उत्तराद्र्धमा
हामी वृद्धाश्रमतिर त धकेल्दैनौ“ †
हामी गरिब छौ“ त के भयो ?
उनीहरूजस्तो आतिथ्यसत्कारबाट च्युत भई
हामी घरमा आएका पाहुनालाई गेस्ट हाउसतिर त लखेट्दैनौ“ †
हामी त त्यो आदर्शमय दुनिया“ हौ“ –जहा“ पत्नी र बालबच्चाका निम्ति सेरिन तयार हुने
सङ्घर्षशील संरक्षक पतिहरू छन् पिताहरू छन्
आङ्खना सम्पूर्ण अभावहरू छोपेर माया र मुस्कानकै व्यञ्जन पस्कने
सहनशील समर्पित पत्नीहरू छन् आमाहरू छन्
जहा“ गृहस्थाश्रमदेखि सन्यासाश्रमसम्म
पतिले पत्नीबाट स्याहार, सुसार र विचार पाइरहन्छन्
पत्नीले पतिबाट आड, भरोसा र सुरक्षा पाइरहन्छन्
सन्तानले आमाबाबुबाट अनन्त अनन्त माया पाइरहन्छन्
त्यो भन्दा मीठो अनुभूति जीवनमा अरू के हुन सक्ला †
त्यो भन्दा ठूलो सन्तुष्टि दुनिया“मा अरू के हुन सक्ला †
उनीहरूको सभ्य र समृद्ध भनाउ“दो शहरमा
कैयौ“ वर्षको आत्मसात्ले पनि
अपरिचित आत्मीय बन्न सक्दैन
घण्टौ“ लामो सहयात्रामा पनि
दुई शब्द मीठो वार्तालाप हुन सक्दैन
किनकि उनीहरू यन्त्रमानव हुन्
भौतिक सुख नै उनीहरूको उपलब्धि हो
चिसो चिसो फलामको ढिक्का नै उनीहरूको मुटु हो
सभ्यताको नाममा अश्लीलता प्रदर्शन गर्ने
‘हिप्पिइजम’ लाई म ‘ह्याप्पिइजम’ मान्न सक्दिन“
आधुनिकताको नाममा मानवीय संवेदना गुमाएर
प्राविधिक र भौतिक समृद्धिको पराकाष्ठामै पुगे पनि
त्यस् तो समाजको म गुणगान गर्न सक्दिन“
मानवता गुमाएर म कहिल्यै समृद्ध बन्न चाह“दिन
सम्बन्ध टुटाएर म एक्लै सम्पन्न हुन जान्दिन“
साथी छुटाएर आपूm मात्रै प्रसन्न हुन सक्दिन“
सुन साथी †
आमाबाबु बिनाको परिवार मेरो आदर्श हुन सक्दैन
छोराछोरी बिनाको आ“गन मेरो पूmलबारी हुन सक्दैन
रोबोटलाई कुनै अर्थमा म मान्छे मान्न सक्दिन“
फलामको ढिक्कोलाई कुनै शर्तमा म इज्जत गर्न सक्दिन“
मलाई चिन, बुझ, जान साथी †
र¨ बिनाको रित्तँे म क्यानभास हुन सक्दिन“
उदारता बिनाको शून्य म आकाश हुन सक्दिन“
अमृत बिनाको शुष्क म छाती हुन सक्दिन“
वात्सल्य बिनाको भूmठो म काख हुन सक्दिन“
त्यसैले –
सुवास बिनाको सुमन मेरो चाहना हुन सक्दैन
समर्पण बिनाको जीवन मेरो आराधना हुन सक्दैन ।
साथीहरू होशियार †
हामीहरू जस्तो देख्छौ“ उनीहरू त्यस्ता होइनन्
हामीहरू जे सोच्छौ“ उनीहरू त्यो होइनन्
बाहिर जतिसुकै चिल्ला र खा“दिला देखिए पनि
उनीहरू भित्रबाट खस्रा र खोक्रा छन्
बाहिर जतिसुकै अग्ला देखिए पनि
उनीहरू भित्रभित्रै खिइ“दै र धस्सि“दै गएका छन्
बाहिर जतिसुकै सुखी देखिए पनि
उनीहरू भित्रभित्रै व्यथित र पीडित हु“दै गइरहेका छन्
सा“च्चै भन्ने हो भने उनीहरू –
हामीभन्दा गरिब छन्
हामीभन्दा भोका छन्
हामीभन्दा ना¨ा छन्
हामीभन्दा प्यासी छन्
हामीभन्दा रोगी छन्
हामीभन्दा दुःखी छन् ।
उनीहरूलाई जस्तो ‘पव’ र पिज्जा’ को संसार चाहि“दैन हामीलाई
हामी गुन्द्रुकको झोल र रायोमै अघाउ“छौ“
उनीहरू झै“ ‘बडी मसाज’ र ‘नाइट लाइफ’ को अट्टहासमा होइन
हामी गोधूलिको सुसेली र सूर्यास्तमै मुस्कुराउ“छौ“
उनीहरूलाई झै“ ‘स्क्वाश’ र ‘गोल्फ’ खेल्नुपर्दैन हामीलाई
हामी घा“सदाउरा र मेलापातमै रमाउ“छौ“
‘सनबाथ’ र ‘साउना’ चाहि“दैन हामीलाई
हामी पहराको छहरामै नुहाउ“छौ“
‘म्याडोना’, ‘हट पप’ र ‘हार्ड रक’ मा होइन
हामी रोदी, लैबरी र असारे भाखामै गुन्गुनाउ“छौ“
उनीहरू चार दीवारको नाकाबन्दीमा छन्
स्टील र कङ्क्रीटको कठोर घेराउमा छन्
प्रविधिको बाहुपाशमा परेको उनीहरू
प्रकृतिबाट टाढि“द ैछन् विकृतितिर नजिकि“दै छन्
हामी चारैतिरबाट हिमधवलगिरीमालाहरूले घेरिएर
स्निग्ध हरिया डा“डाका“डाले बेरिएर
स्वच्छ स्वस्थ प्राणवायुले जीवन भर्छौं
शुद्ध कञ्चन जलले अभिषेक गर्छौं
हामी काफल पाकेर लटरम्मै भएका लेकाली वनहरू हौ“
हामी लालीगुरा“स फुलेर झपक्कै भएका नेपाली मनहरू हौ“ ।
उनीहरूले कहिल्यै महसुस नगरेको वात्सल्य
यहा“ हामीस“ग छ
उनीहरूले कहिल्यै अनुभव नगरेको अ“गालो
यहा“ हामीस“ग छ
भन, के हामी उनीहरूभन्दा सुखी छैनौ ?
हामीभित्रको आस्थाको द्वीपमा
कहिल्यै कहिल्यै ननिभ्ने मायाको दियो बल्छ
उनीहरूले कहिल्यै अनुभूत गर्न नपाएको सञ्चेतना पनि
यहा“ हामीहरूस“गै छ
समाजको समृद्धिको माप जी.डी.पी. होइन जी.एच.पी. हो
भन, के हामी उनीहरूभन्दा समृद्ध छैनौ“ ?
हामी आङ्खना हातहरू जोडेर अरूलाई अभिनन्दन गर्न सक्छौ“
हामी आगोका डामहरू बोकेर पनि अरूको जीवनमा शीतलता छर्न सक्छौ“
हामी आङ्खनो छातीमा गोली थापेर अरूलाई जीवनदान दिन सक्छौ“
अब भन साथी, के हामी उनीहरूभन्दा महान् छैनौ“ ?
तर यति जान्दाजान्दै पनि अझै हामी
किन उनीहरूकै समृद्धि र सभ्यताको पिछलग्गू बन्न रोज्छौ“ ?
आङ्खनो बहादुरीको इतिहास बिर्सेर हामी
किन उनीहरूकै गौरवगान गर्न खोज्छौ“ ?
उनीहरूको रिक्तता र तिक्ततालाई आदर्श मानी
किन आङ्खनो पवित्रता बिटुलो पार्न चाहन्छौ“ ?
उनीहरूको अन्धानुकरण गरी
किन आङ्खनो प्रतिभाको भ्रूणहत्या गर्न खोज्छौ“ ?
किन पुज्छौ“ उनीहरूलाई हामी महान् भनेर ?
किन ढोग्छौ“ ढु¨ालाई हामी देवता ठानेर ?
किन आश र विश्वास थपि“दैन हाम्रो आत्मशक्तिमा ?
किन शङ्का लाग्छ हामीलाई आङ्खनै प्रतिभा, योग्यता र सामथ्र्यमा ?
मायैमायाले एक अर्कामा बा“धिएका हामी
नातैनाताले यति विघ्न जकडिएका हामी
वाचा र आशामा यति साह्रो कस्सिएका हामी
तर यो बन्धनको दुःखभित्रै
हाम्रो प्रेम छ, आस्था छ, सद्भाव छ
मानवीय आदर्श र उत्सर्ग छ
यही हाम्रो संस्कृति हो, सभ्यता हो, जीवन हो
यो दुःखको आगोमा हामी जति बल्छौ“ जति जल्छौ“
त्यति हामी जीवनको उच्चतातिर लाग्छौ“
यही त अन्तर छ उनीहरू र हामीमा
यो दुःखको आगोले पोल्दा
उनीहरू जलेर खरानी बन्छन्
हामी झन् झन् जीवन्त बन्छौ“ ।
-hL=8L=kL= GDP : Gross Domestic Product)
-hL=Pr=kL= GHP : Gross Happiness Product)