सन्ध्या रेग्मी – आडम्बरी कवि र कविताप्रति
कविता तिम्रो रक्तसागरमा उर्लने छाल हो भने
खोई त सागरतटका कसि¨रहरूलाई त्यसले बगाउन सकेको †
समाजका विकृति र विस¨तिहरूलाई बढार्न सकेको †
कविता तिम्रो छातीमा उठेको भक्कानो हो भने
खोई त वेदनाका गा“ठोहरूलाई त्यसले फुकाउन सकेको †
पि“जडा–मनका सुगाहरूलाई उडाउन सकेको †
कविता तिम्रो ह्दयमा बलेको रा“को हो भने
अन्धकारको साम्राज्य फैलिएका मनहरूमा
खोई त जीवनको आलोक छर्न सकेको †
कविता तिम्रो मस्तिष्कमा जन्मेको महान् विचार हो भने
खोई त समाजमा अभूतपूर्व परिवर्तन ल्याउन सकेको †
कविता सा“च्चै नै यदि सञ्जीवनी हो भने
विवशताले घा“टी थिचेका दमित इच्छाहरूमा
खोई त नया“ उत्साह भर्न सकेको †
कहिलेकाही“ त लाग्छ तिम्रो रचना
भूmठको मोटो पुस्तक हो
कोरा कल्पनाको सस्तो उपज हो
अजीव ढो¨ी नाटक हो
गोहीको कलात्मक आ“सु हो
र, नेताको फोस्रो भाषण र भूmठो आश्वासन हो
जसले समाजसुधारको नाममा व्यापार गर्छ
दुःखीको सुस्केरा र आ“सुको तस्करी गर्छ
साहित्यको सम्मान होइन उपहास गर्छ ।
कवि † समाजस“ग तिम्रो अन्तर¨ अन्तक्र्रिया अत्यावश्यक छ
खोई ? कहा“ छ तिम्रो कवितामा –
यथार्थको जीवन्त स्पन्दन
भविष्यको सुस्पष्ट दिग्दर्शन
अनुभव र अनुभूतिको सङ्कलन
कला र सीपको प्रस्फुरण
श्रम र लगनको सम्मान
त्याग र समर्पणको महिमागान
इतिहासका पत्रपत्रको उत्खनन
नवीन सत्यको अन्वेषण,
तिम्रो कविताले यदि
पाठकका मनमस्तिष्कलाई आन्दोलित पार्दैन भने
सुषुप्त अन्तर्दृष्टिलाई जगाउ“दैन भने
कल्पनाशक्तिलाई विस्तारित गर्दैन भने
सौन्दर्यबोधी चेतनालाई तिखार्दैन भने
जीवनको अर्थ र उज्यालो खोज्न हौस्याउ“दैन भने
सम्झ, तिमीस“गै तिम्रो कविताको पनि मृत्यु भएछ ।
कति लेख्छौ युवतीका स्तन र नितम्बका कविता
कवि गाउ“छौ तृष्णा र यौवनका गीत
मानिसको वास्तविक सौन्दर्यको संसार र बौद्धिकताको जगत
त भित्रैपट्टि हुन्छ
कवि † अब चर्मचक्षुले होइन
संवेदनाका आ“खाले मात्र देख्न सकिने
आत्मिक सौन्दर्यको वृत्तँन्त लेख
नारी अस्मिताको सम्मानको आख्यान लेख
विभूति र वीरा¨नाहरूको व्याख्यान लेख ।
धेरै भयो कविताको नाममा
निरर्थकता र अनुपयोगिता थुपारिएको
आडम्बर र अहङ्कार उचालिएको
उच्छृङ्खलता र अश्लीलता डकारिएको
कवि † अब आदर्श र उत्सर्गका गम्भीर साहित्य लेख
हातले लेख्यौ, कलम–मसीले लेख्यौ
अब मुटुले लेख, रगतका थोपा–थोपाले लेख ।
तीव्र संवेदनशक्ति र सूक्ष्म अन्तर्दृष्टिले
निदाएकाहरूलाई ब्यू“झाउन र
छरपष्ट भएकाहरूलाई एकमुष्ट गराउन
चेतनाको मशाल बोकी
बौद्धिकता र प्रज्ञाको क्रान्तिकारी अग्रदूत बनेर लेख
तिमीले पनि
हिजोका लक्ष्मीप्रसाद र आजका दिनेश अधिकारीले झै“ लेख
अनि तिम्रा कविता
निश्छल पर्वतीय छहराको छङ्छङ् तालमा
नाच्दै गाउ“दै अविरल प्रवाहित हुनेछन्
निष्कपट भावना र नैसर्गिक माधुर्यमा
ह्दय र मस्तिष्कमा
हार्दिकता र बौद्धिकताका गाम्भीर्य छल्काउ“दै लहराउनेछन्
तिम्रा गौरवगाथा पखेटा फट्कारेर आकाशि“दै
माथि माथि सगरमाथाको चुचुरो चुम्न पुग्नेछन्
सन्तानको आ“खामा आङ्खनो अमरत्व देखे झै“
तिमीले कवितामा आपूm बा“चिरहेको पाउने छौ
तिम्रो कविताको छाप इतिहासको स्मृतिभरि टा“सिइरहेको पाउनेछौ ।
कवि † हातले लेख्यौ, कलम–मसीले लेख्यौ
अब मुटुले लेख, रगतका थोपा–थोपाले लेख ।