गोपाल कवाली – कतै थकान बढ्यो भने
कतै थकान बढ्यो भने,काखमा शिर बिसाउ है त
फेरि गल्ति गरें भने,शुरुआतमै नै रिसाउ है त
आफ्नो मान्छे मान्छ्यौ र त, आफ्नै जस्तै गर्छु म नि
चल्न खेल्न नजानेमा, आफ्नै हातले सिकाउ है त
सोझो प्राणी सिधा कुरा, लप्पन छप्पन जान्दिन म
मुर्ख मनु:साथी पर्यो,भन्दै हरेस नखाऊ है त
जुन संगतमा हुर्कें बढें,छाडा पन् त पढाएनन्
समय संग मिल्ने जुल्ने,नयाँ बाटो देखाऊ है त
धेरै कुरा नजानेका,सिक्नु पर्ने होलान कति
जीवन बाट भाग्न खोजे, मूल धारमै मिसाउ है त
दुई पांग्रा हाम्रो रथका, बराबरी चल्नु पर्छ
हाँसो मात्रै दिए पुग्छ, आँसु चैं न- खसाउ है त!!!!
जुलियन,अफगान,०५/०१/२०१३