Gopal Kawali – Hamra Susupta Pratibha Tusuane

हाम्रा सुसुप्त प्रतिभा टुसाउने मुहानहरुमा
बाक्लो लेउले डम्म डेरा जमाए जस्तो छ
केहि हटाउनु छ केहि पन्छाउनु छ
कतै फोड्नु छ कतै जोड्नु छ
कैयौं अवसरका गोरेटाहरु आफैंले कोर्नु छ
चोट त्यहीं तुकपूर्ण हुन्छ
जहाँ आवस्यकता होस् प्रहारको
कर्द लिएर जंगलमा गई
नाकबेनी किन तिखार्नु पर्यो
फूल आफैं सुन्दर हुन्छ
त्यसको सुन्दरता किन निखार्नु पर्यो
तिरका कुनै टुप्पाहरुमा
उसको गन्तब्य तोकिएको हुन्न
धनुर्धारिको निसाना उसको लक्ष तय गर्छ
अवसर झ्याली पिटाउँदै आँगनमा आउने बस्तु हैन
श्रम बेच या सिप साट
त्यसको मुल्यांकन तिम्रो आत्म सन्तुस्टी हो
तिम्रो लगन त्यसमा उच्च माने राख्दछ
पाखुरा बजार्छौ कि मगज घिसार्छौ
त्यो तिम्रो खुबीको बिषय हो
समयको उच्च कदर गर्दै
उत्पादक कार्यमा तल्लिनता साध्नु, युवा हो!
यहि नै आजको समाजको आवस्यकता हो
यहि नै सरल जीवन बाँच्ने आजको मूल मन्त्र हो!!!!

जुलियन,अफगान,१६/१२/१२